चन्द्र ढकालले भने, “आर्थिक सुधारका नयाँ आधारहरू तयार हुँदै छन्”

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २४ गते
चन्द्र ढकालले भने, “आर्थिक सुधारका नयाँ आधारहरू तयार हुँदै छन्”

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको जग तयार हुँदै गरेको बताएका छन्। उनले सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटमा यो कुरा राखेका हुन्।

भेटका क्रममा ढकालले नेपाल सरकारले महासंघले प्रस्तुत गरेका सुझावहरूलाई स्वीकार गरेको र नयाँ सुधारहरू अघि बढाएको जानकारी दिए। उनले सरकार, निजी क्षेत्र, र अन्तर्राष्ट्रिय विकास साझेदारहरूबीचको सहकार्यले आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे।

ढकालले महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम मिलेर स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार्न सक्ने सम्भावनाबारे पनि चर्चा गरे। उनले दुई संस्थाको संयुक्त प्रयासमा प्रकाशित ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदन व्यवसायिक समुदाय र नीतिनिर्माताहरूका लागि महत्त्वपूर्ण दस्तावेज सावित भएको पनि बताए।

फाखौरीले नेपालका केही आर्थिक चुनौतीहरू भए पनि देशका लागि धेरै अवसरहरू रहेको र सार्वजनिक-निजी साझेदारीमा अझ बढी जोड दिन आवश्यक भएको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स