instainsta

घिसिङले काटिदिएको लाइन पुनः जडान गरिदिन माग गर्दै उद्योगीहरू पुगे प्रधानमन्त्री ओली समक्ष

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ११ गते
घिसिङले काटिदिएको लाइन पुनः जडान गरिदिन माग गर्दै उद्योगीहरू पुगे प्रधानमन्त्री ओली समक्ष
AdvertisementAds

उद्योगीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यशैलीविरुद्ध आवाज उठाएका छन्।

उनीहरूले घिसिङले सर्वोच्च अदालतको आदेश र न्यायिक आयोगको प्रतिवेदनको अवज्ञा गर्दै उद्योगहरूको विद्युत् लाइन बारम्बार काटेको आरोप लगाएका छन्।

उद्योगीहरूले भनेका छन् कि उनीहरूले नियमित बीजक अनुसारको सम्पूर्ण रकम तिरिसकेका छन् र विद्युत् चरम अभावका समयमा प्राधिकरणले तोकेको लोडसेडिङ तालिका पनि नियमित रूपमा पालन गरेका छन्।

ज्ञापनपत्रमा उद्योगीहरूले पुष्टि गरेका छन् कि यदि कुनै रकम बक्यौता छ भने प्रमाणका आधारमा तिर्न तयार छन्, तर कार्यकारी निर्देशकको आदेशअनुसार काटिएको विद्युत् लाइन पुनः जडान गर्न माग गरेका छन्। उनीहरूले सर्वोच्च अदालतको व्याख्याअनुसार उपभोक्ताले उपभोग गरेका वस्तुहरूको मूल्य थाहा पाउनुपर्ने र पछाडि आएर कुनै थप दायित्व सिर्जना गर्नु न्यायोचित नहुने पनि बताएका छन्।

अन्ततः, उद्योगीहरूले घिसिङविरुद्ध विभागीय अनुसन्धान गर्न र उनको कार्यशैलीका कारण हजारौं नेपाली नागरिकको रोजगारी र राजस्वमा परेको नोक्सानीको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स