घलेम्दी हाइड्रोपावर लिमिटेड (GHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ३ करोड १३ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो। विद्युत् बिक्री आम्दानीमा भएको उल्लेखनीय वृद्धिले नाफामा सकारात्मक प्रभाव पारेको छ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ९६.३३ प्रतिशतले बढेर ४ करोड ६६ हजार रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यसै अवधिमा विद्युत् बिक्री आम्दानी २ करोड ३ लाख ७७ हजार रुपैयाँ मात्र थियो।
असोज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ४५ पैसा पुगेको छ यस्तै प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ९१ पैसा कायम भएको छ। कम्पनीको जगेडा कोष भने अझै १९ करोड ९४ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ।



















प्रतिकृया