गुगलको ट्रान्सलेट्मा थपियो नेवारी भाषा

गुगलको ट्रान्सलेट्मा थपियो नेवारी भाषा

गुगलले नेपाल भाषा (नेवारी)मा पनि उल्था गर्ने भएको छ । अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेवारी भाषा पनि परेको हो ।

यससँगै कूल १४३ वटा भाषामा उल्था गर्ने सुविधा प्रदान गरेको गुगलले जानकारी दिएको छ र आफ्नो यो अपडेटले अनुवाद सेवालाई अधिक समावेशी र सुलभ बनाएको गुगलले दाबी गरेको छ ।

सुरुमा गुगलले अंग्रेजी, चाइनिज, फ्रेन्च, जर्मन, जापनिज, कोरियन, पोर्चुगिज, स्पेनिस र टर्किस भाषामा उल्था गर्न थालेको थियो साथै २०७० सालदेखि नेपाली भाषा पनि थपिएको थियो ।

ट्रान्सलेट डट गुगल डट कममा गएर आफूलाई ट्रान्सलेट गर्नुपर्ने भाषाको प्याराग्राफ वायाँतिरको  कोठामा राखेपछि दायाँ तिरको कोठामा अनुवादसहित देखाइदिन्छ ।

Screenshot 2024 06 28 122608 https://bajarkochirfar.com/%e0%a4%97%e0%a5%81%e0%a4%97%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8%e0%a4%b2%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%ae%e0%a4%be-%e0%a4%a5%e0%a4%aa%e0%a4%bf | %tags

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स