कृषि विकास बैंकद्वारा कागेश्वरी मनोहरामा फोहोर व्यवस्थापनका लागि ५० डस्टबिन प्रदान

कृषि विकास बैंकद्वारा कागेश्वरी मनोहरामा फोहोर व्यवस्थापनका लागि ५० डस्टबिन प्रदान

कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कागेश्वरी मनोहरा-७, हरहर महादेवस्थित शिवम मार्गी एकीकृत महिला समाजलाई फोहोर व्यवस्थापनका लागि ५० थान डस्टबिन प्रदान गरेको छ।

एक विशेष कार्यक्रमका बीच बैंकको मार्केटिङ्ग एण्ड सेल्स विभागका वरिष्ठ शाखा प्रमुख तथा विशिष्ट अतिथि श्री सुरेश थापाले कागेश्वरी मनोहरा नगरपालिकाका मेयर श्री उपेन्द्र कार्कीलाई डस्टबिन हस्तान्तरण गरेका थिए। कार्यक्रममा बैंकका शाखा प्रमुख श्री राम ब. लामाको पनि उपस्थिति रहेको थियो।

विशिष्ट अतिथि थापाले कृषि विकास बैंकले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानबारे चर्चा गरे। नगर प्रमुख कार्कीले बैंकलाई फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याएकोमा धन्यवाद ज्ञापन गर्दै, आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमहरूमा निरन्तर सहयोगको अपेक्षा रहेको बताए।

उक्त कार्यक्रमको अध्यक्षता श्रीमती गीता अर्याल ज्ञवालीले गरेका थिए।

viber image 2024 09 29 14 52 29 523 https://bajarkochirfar.com/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%95%e0%a4%be | %tags viber image 2024 09 29 14 52 29 475 https://bajarkochirfar.com/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%95%e0%a4%be | %tags

viber image 2024 09 29 14 52 29 707 e1727601216378 https://bajarkochirfar.com/%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%b8-%e0%a4%ac%e0%a5%88%e0%a4%82%e0%a4%95%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%95%e0%a4%be | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स