राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराधका आरोपमा थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति जिल्ला अदालत कास्कीले दिएको छ।
लामिछानेलाई आज चौथो पटक म्याद थप गर्न अदालतमा उपस्थित गराइएको थियो। न्यायाधीश नवराज दाहालले उनलाई थप १३ दिन हिरासतमा राख्ने निर्णय गरे। लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक, पूर्वडीआईजी छविलाल जोशी, र अन्य दुई आरोपित लीला पछाईं र रामबहादुर खनाललाई पनि १३ दिन हिरासतमा राख्न म्याद थप गरिएको छ।
लामिछानेलाई कात्तिक २ गते काठमाण्डौमा पक्राउ गरेर कास्की लगिएको थियो। सूर्यदर्शन सहकारीको बचत रकम गोर्खा मिडियामा आएको देखिएको कारण, सहकारीसम्बन्धी संसदीय छानबिन समितिले लामिछानेलाई कारबाही गर्न सिफारिश गरेको थियो।
यसै क्रममा रास्वपाले लामिछानेको बचाउमा पोखरामा प्रदर्शन गरेको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया