काठमाडौं महानगरपालिकाले पाँचौं तहअन्तर्गत आप्रवासी स्रोत केन्द्र परामर्शदाता र मनोसामाजिक परामर्शकर्ताका लागि १/१ जना तथा रिटर्नी स्वयंसेवकका लागि २ जनाको माग गरेको छ।
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, र मर्यादित बनाउने उद्देश्यले सुरक्षित आप्रवासन कार्यक्रम (Safer Migration Program) अन्तर्गत करारमा जनशक्ति भर्ना गर्न लागेको हो।
इच्छुक र योग्य नेपाली नागरिकले १५ दिनभित्र आवेदन फाराम भरी काठमाडौं महानगरपालिकाको कार्यालय, कमलादीमा पेश गर्नुपर्नेछ। फाराम महानगरपालिकाको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ।


प्रतिकृया