instainsta

काठमाडौंमा आज तीन स्थानमा प्रदर्शन हुँदै, सवारी जाम बढ्ने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ७ गते
काठमाडौंमा आज तीन स्थानमा प्रदर्शन हुँदै, सवारी जाम बढ्ने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह
AdvertisementAds

आज काठमाडौंका तीन फरक स्थानमा विभिन्न उद्देश्यका साथ प्रदर्शन हुने भएका छन्। यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विशेष सुरक्षा योजना तयार गरेको छ।

सत्तारुढ दल नेकपा एमालेले दरबारमार्ग क्षेत्रमा जागरण सभा गर्नेछ। त्यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गरेको छ। कोटेश्वरमा प्रदर्शनका लागि स्थान तोकिएको प्रशासनले जनाएको छ, र यो पूर्व निर्धारित कार्यक्रम हो।

यसैगरी, माइतीघरमा सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ता माग गर्दै प्रदर्शन गर्नेछन्। सबै प्रदर्शन र र्‍यालीहरू बिहान ११ बजेपछि सुरु हुने जनाइएको छ।

तीन ठाउँमा प्रदर्शन हुने भएकाले प्रशासनले सुरक्षा सुनिश्चित गर्न विशेष योजना बनाउनुका साथै प्रदर्शन क्षेत्रमा सवारी जाम बढ्ने सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स