insta insta

कागजात पेश गर्न नसकेपछि महोत्तरीका सबै क्रसर,उद्योग,वासीङ्ग सेन्टर बन्द

कागजात पेश गर्न नसकेपछि महोत्तरीका सबै क्रसर,उद्योग,वासीङ्ग सेन्टर बन्द
Advertisement Ads

महोत्तरीमा संचालनरत क्रसर उधोग तथा वासिङ्ग सेन्टरलाई  जिल्ला समन्वय समितिले वन्द गराएको छ ।

अनुगमनको क्रममा उधोग संचालनलाई मापदण्डअनुसार व्यवस्थित नगरेको पाईएपछि कागजपत्रको माग गरेर अस्थायीरुपमा बन्द गरिएको समन्वय समितिले जनाएको छ ।

Screenshot 2024 07 07 070208 https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%97%e0%a4%9c%e0%a4%be%e0%a4%a4-%e0%a4%aa%e0%a5%87%e0%a4%b6-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8%e0%a4%b8%e0%a4%95%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%ae | %tags

Screenshot 2024 07 07 070405 https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%97%e0%a4%9c%e0%a4%be%e0%a4%a4-%e0%a4%aa%e0%a5%87%e0%a4%b6-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8%e0%a4%b8%e0%a4%95%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%ae | %tags

Screenshot 2024 07 07 070424 https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%97%e0%a4%9c%e0%a4%be%e0%a4%a4-%e0%a4%aa%e0%a5%87%e0%a4%b6-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-%e0%a4%a8%e0%a4%b8%e0%a4%95%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%ae | %tags

 

पारम्भिक अनुगमनका क्रममा मौजदात नदीजन्यपदार्थको विषयमा स्रोत नदेखिएको, स्टक प्रमाणिकरण नगरी विक्रीवितरण गरिएको र आवस्यक कागजात समन्वय समितिमा पेश नगरेको कारणले तत्काललाई बन्द गर्नुपरेको समन्वय समितिका  संयोजक सुमनलाल कर्णले जानकारी दिए ।

तर माग गरेअनुसारको कागजात पेश गरेमा तत्काल नै खुल्ला गर्ने संयोजक कर्णको भनाई छ । ‘जिल्ला अनुगमन समितिको १६ गतेको बैठकले उधोगहरूलाई व्यवस्थित गर्ने उदेश्यले वन्द गर्ने निर्णय गरेको हो ।’ उन्ले भने । ‘संचालन र विक्रीवितरण गर्न पूर्णरुपमा रोकेको छौ । सोही व्यहोराको पत्र समबन्धित ठाँउ र उधोग संचालकलाई पनि दिएका छौ ।’

अहिले जिल्लाको भंगाहा, गौशाला र बर्दिवास नगरपालिकामा २४ वटा भन्दा बढी  क्रसर उधोग र वासीङ्ग सेन्टर संचालनमा छन । यसअघि बन्द गराएका कतिपय उधोगहरु समेत लुकिछिपी संचालन गरेको अनुगमनका क्रममा पाइएको छ  ।

४७ वटा क्रसर र वासिङ्ग सेन्टर मध्ये कागजात पेश गर्न नसकेपछि कतिपय वन्द अवस्थामा छन भने कतिपय कागजी प्रक्रियामा लागेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स