कांग्रेसका महत भन्छन्, “चीनसँग अब ऋण नलिकन अनुदानकै प्रतिवद्धता कार्यान्वयन गर्नुपर्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ७ गते
कांग्रेसका महत भन्छन्, “चीनसँग अब ऋण नलिकन अनुदानकै प्रतिवद्धता कार्यान्वयन गर्नुपर्छ”

नेपाली कांग्रेसले चीनले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म बीआरआई अन्तर्गत नयाँ ऋण नलिने निर्णय गरेको छ।

‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपाय’बारे आज अर्थविद र परराष्ट्र मामिलाका जानकारसँग छलफलपछि पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले अनुदान कार्यान्वयनमा जोड दिएको बताए।

उनका अनुसार, बीआरआई अन्तर्गत अनुदानका योजना कार्यान्वयन नगरी ऋण लिँदा ऋणको भार बढ्ने भएकाले तत्काल नयाँ ऋण लिनु हुँदैन।

कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा, डा. महत, र अन्य नेताहरू सहभागी थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स