instainsta

एमबाप्पेको दुई गोलमा रियल मड्रिडको जित

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १७ गते
एमबाप्पेको दुई गोलमा रियल मड्रिडको जित
AdvertisementAds

गए राति भएको स्पेनिस ला लिगा खेलमा रियल मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ ।यस खेलमा रियल मड्रिडको तर्फबाट  किलियन एमबाप्पेले दुवै गोल गरेका हुन्।

एमबाप्पेले खेलको ६७औं मिनेटमा पहिलो गोल गर्दै रियल मड्रिडको खाता खोलेका थिए ।  दोस्रो गोल भने उनले ७५औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए। पेनाल्टी रियल मड्रिडलाई बेटिसका गोलकिपर रुई शिल्भाले विनिसियस जुनियरलाई फल गरेपछि प्राप्त भएको थियो।

यस जीतसँगै रियल मड्रिडले सिजनको दोस्रो जित हात पारेको छ र चार खेलमा ८ अंक साथ लिगको दोस्रो स्थानमा पुगेको छ। तेस्तै,  बार्सिलोना ९ अंक साथ शीर्ष स्थानमा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स