एक्सेल डेभलपमेन्ट बैंंक लिमिटेडले गत आर्थिक वर्ष २०७९।०८० को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, बैंकको उक्त बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने र लाभांश नबाड्ने गरी वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ ।
बैंकले यस अघि आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ८.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि 0.४५ प्रतिशत नगद लाभांश दिएको थियो ।
#BajarkoChirfar





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया