instainsta

उपसभामुखलाई पदबाट हटाउन सम्भव छैनः पूर्वसभामुख सापकोटा

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २८ गते
उपसभामुखलाई पदबाट हटाउन सम्भव छैनः पूर्वसभामुख सापकोटा
AdvertisementAds

पूर्वसभामुख तथा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन् ।

शुक्रबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताए । उनले सत्तारुढ दलहरुले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए  ।

उपाध्यक्ष सापकोटाले सरकार संवैधानिक परिषदमा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको जिकिर गरे । उनले संवैधानिक परिषदमा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको बताए।

पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसदको गरिमा र ओझ राख्नुपर्ने बताए । उनले सभामुख र उपसभामुखले संसदको गरिमामा आँच आउने काम गर्नु नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स