उच्च अंकले बढ्यो नेप्से, करेक्सन समाप्तिको संकेत?

उच्च अंकले बढ्यो नेप्से, करेक्सन समाप्तिको संकेत?

आज नेप्से ७८.१७ अंकले बढेर २६८८ बिन्दुमा बन्द भएको छ। आज१३ उपसमूह मध्ये एउटा बाहेक सबै उपसमूह बढेको छ। दिनभर ८ अर्ब १६ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार सीइडीबी हाइड्रोपावरको भएको छ। यस दिन ३१८ कम्पनीको १ करोड ९४ लाख सेयर कारोबार भएको छ्।

पछिल्लो केही दिनहरू देखि बजारमा निरन्तर रूपमा गिरावट आएको थियो । तर, आज नेप्से बढेसंगै बजारमा रौनकता छाएको छ। बजार यसअघि दिन प्रति दिन घट्दा सेयरको मूल्य पनि ह्वात्तै घटेको थियो । सेयरको मूल्य सस्तो हुँदै गएकाले पुन बजारमा लगानीकर्ताहरु सेयर खरिद गर्ने उत्सहित भएर आज बजार बढेको अनुमान गर्न सकिन्छ। आज नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। यसअघि  ६ अर्बमा सीमित भएको कारोबार रकम आज भने  पुन: बढेर ८ अर्ब पुगेको छ।

यस अघि व्यापक रूपमा बढेको बजारमा करेक्सन आएपछि कारोबार रकम पनि  घट्दै गएको थियो। तर, आज भने कारोबार रकममा पनि केही वृद्धि भएको देखिन्छ। करेक्सनको अवधिमा बजारमा अस्थिरता र गिरावट देखिएको थियो, जसले लगानीकर्ताहरूको मनोबलमा पनि प्रभाव पारेको  थियो। केही लगानीकर्ताहरुले आजको बजारको उछाललाई करेक्सनको समाप्तिको संकेतको रूपमा पनि व्याख्या गरेका छन्।

नेप्से ७८.३१ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज नेप्से ७८.३१ अंकले बढ्दा २२९ कम्पनीहरूको सेयरमूल्य बढेको छ भने ६ वटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ। आज सर्किट लागेर बढ्नेमा क्रमश: विन नेपाल लघुवित्त, ग्रीन भेन्चरस्, उपकार लघुवित्त, इस्टर्न हाईड्रोपावर, रावा इनर्जी, र एसियन हाईड्रोपावर रहेको छ।

TOP GAINERS 3 https://bajarkochirfar.com/%e0%a4%89%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%85%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87-%e0%a4%95 | %tags

 

नेप्से ७८.३१ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो:
आज नेप्से ७८.३१ ले बढ्दा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने दिनभरको कारोबारमा १२ कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा क्रमश: थ्री स्टार हाईड्रोपावर, ग्रीन लाइफ हाईड्रोपावर, बोटलर्स नेपाल (बालाजु), कालिका लघुवित्त र सामता घरेलु लघुवित्त रहेको छ।

TOP LOSERS 3 https://bajarkochirfar.com/%e0%a4%89%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%85%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87-%e0%a4%95 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स