Investor MeetInvestor Meet

इम्पेयरमेन्ट चार्ज घट्दा प्राइम बैंकको नाफामा उछाल

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २२ गते
AdvertisementAds
इम्पेयरमेन्ट चार्ज घट्दा प्राइम बैंकको नाफामा उछाल
AdvertisementAds

प्राइम कमर्सिय बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरणमा प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको खुद नाफा २६७.१९ प्रतिशतले बढेको छ।
यस्तो छ बैंकको प्रमुख वित्तीय सूचकहरुको परिदृश्य:

खुद नाफा:
बैंकले अघिल्लो आर्थिक वर्षको आषाढ मसान्त सम्ममा १ अर्ब २ करोड खुद नाफा कमाएको थियो जुन गत आर्थिक वर्षको सोही अवधिमा २६७.१९ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

सञ्चालन मुनाफा:
बैंकको सञ्चालन मुनाफा १७७.३१ प्रतिशतले बढेर ५ अर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५ करोड रुपैयाँ कमाएको थियो।

खराब कर्जा अनुपात:
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आषाढ मसान्त सम्ममा बैंकको खराब कर्जा अनुपात घटेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा अनुपात ४.८५ प्रतिशत थियो जुन घटेर ४.६७ प्रतिशतमा आएको छ।

निक्षेप संकलन र कर्जा प्रवाह:
बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ। बैंकले चौथो त्रैमासिक सम्ममा २ खर्ब ११ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

AdvertisementAds

रिजर्भ :
बैंकको रीजर्भको आकार बढेको छ। आषाढ मसान्त सम्ममा बैंकको रिजर्भमा १० अर्ब ३२ करोड रुपैयाँ रहेको छ।

इम्पेयरमेन्ट चार्ज:
बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्ज छुट्याउनु पर्छ। बैंकले इम्पेयरमेन्ट चार्जको रूपमा १ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब १० करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो। इम्पेयरमेन्ट चार्ज घट्दा बैंकको नाफा बढेको हो।

वितरणयोग्य मुनाफा:
असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १९ करोड रुपैयाँ रहेको छ।

प्रतिसेयर आम्दानी :
असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १९.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५९.४१ रुपैयाँ देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स