अर्थ मन्त्रालयमा १२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरिएको छ। शुक्रबार मन्त्रालयले गरेकाे निर्णयअनुसार उनीहरुको सरुवा र नयाँ जिम्मेवारी तोकिएको हो।
अर्थ मन्त्रालयका अनुसार, सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिइएको छ भने टंकप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखामा सरुवा गरिएको छ।
यसैगरी, भन्सार विभागका महानिर्देशकलाई मन्त्रालयको आर्थिक नीति विश्लेषक महाशाखामा स्थानान्तरण गरिएको छ। उनकाे ठाउँमा मन्त्रालयमा कार्यरत सहसचिव श्याम प्रसाद भण्डारीलाई नयाँ महानिर्देशकको रूपमा नियुक्त गरिएको छ।


प्रतिकृया