अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आफ्नो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको विद्युत उत्पादन पूर्ण रूपमा बन्द गरेको छ।
असोज १२ गतेको अविरल वर्षा र पहिरोका कारण बाँधस्थलमा क्षति पुगेपछि विद्युत उत्पादन बन्द गर्नुपरेको कम्पनीले जनाएको छ। पहिरोले बाँधस्थलको ड्याम अपरेशनल कन्ट्रोल बिल्डिङ, सेट्लिङ बेसिन, बक्स कल्भर्ट, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरणहरू, ट्रान्समिशन लाइन, र बाँधस्थल प्रवेश मार्गजस्ता संरचनामा क्षति पुर्याएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, बाढीका कारण क्षति पुगेका संरचनाहरूको मूल्यांकन कार्य पूरा भइसकेको छ र पुनर्निर्माणको काम अघि बढाइएको छ।











![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया