अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६३ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३७.२५ प्रतिशत कम हो। गत वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
बाढीका कारण आयोजनामा क्षति भएपछि विद्युत उत्पादन रोकिँदा कम्पनीको नाफामा असर परेको हो। यसै कारण विद्युत् बिक्रीबाट हुने आम्दानी ३ अर्ब ७१ करोडबाट घटेर २ अर्ब ९३ करोड रुपैयाँमा सीमित भएको छ। साथै, कम्पनीको वित्तीय खर्च पनि १ अर्ब ५९ करोड ८६ लाखबाट घटेर १ अर्ब २० करोड रुपैयाँमा पुगेको छ।
हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ९ अर्ब २९ करोड ऋणात्मक रहेको छ भने प्रतिसेयर आम्दानी २.९८ रुपैयाँ ऋणात्मक छ। यस्तै, प्रतिसेयर नेटवर्थ ६०.४२ रुपैयाँ कायम छ।
















प्रतिकृया