अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आफ्नो १६औं र १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीले आइतबार, चैत २९ गते, आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का लागि साधारणसभा सम्पन्न गरेको हो।
सभाले सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत दुवै आर्थिक वर्षका वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहितका नाफा–नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरण, लेखांकन नीतिहरू तथा स्वामित्व अंशमा भएको परिवर्तनसम्बन्धी वित्तीय विवरणहरू पनि अनुमोदन गरिएको छ।
विशेष प्रस्तावअन्तर्गत, आयोजनाबाट प्रभावित दोलखा जिल्लाका विभिन्न सामाजिक संस्था तथा अन्य निकायलाई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा प्रदान गरिएको आर्थिक सहयोग रकम पनि सभाले अनुमोदन गरेको छ। उक्त सहयोग सञ्चालक समितिको विभिन्न मितिको निर्णय तथा व्यवस्थापनलाई प्राप्त अधिकारअनुसार वितरण गरिएको कम्पनीले जनाएको छ।



















प्रतिकृया