अपर तामाकोशी हाइड्रोपावरले एकैपटक दुई आर्थिक वर्षको बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ८ गते
अपर तामाकोशी हाइड्रोपावरले एकैपटक दुई आर्थिक वर्षको बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?
AdvertisementAds

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चैत २९ गते १६औं र १७औं संयुक्त वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली मा बिहान ११ः३० बजे बस्नेछ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ का वार्षिक साधारण सभा एकैपटक गर्न लागेको हो।

सभामा ती दुवै वर्षका वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गर्ने प्रस्ताव पेश हुनेछ।

यसका साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, साथै दुई जना स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने कार्यसूची पनि रहेको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार चैत १९ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

उल्लेखनीय रूपमा, कम्पनीले हालसम्म आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स