अपर तामाकोशी २ अर्बभन्दा बढी घाटामा, विद्युत बिक्री घट्दा बढ्यो घाटा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३० गते
अपर तामाकोशी २ अर्बभन्दा बढी घाटामा, विद्युत बिक्री घट्दा बढ्यो घाटा

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद घाटा २ अर्ब ६ करोड रुपैयाँ घाटामा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३९ करोड रुपैयाँ खुद घाटा व्यहोरेको थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६ अर्ब ५३ करोड रुपैयाँबाट ३४.६१ प्रतिशतले घटेर ४ अर्ब २७ करोड रुपैयाँमा पुगेको छ। यता, वित्तीय खर्च ४ अर्ब ६९ करोड रुपैयाँबाट घटेर ४ अर्ब ६ करोड रुपैयाँमा झरेको छ। विद्युत बिक्री आम्दानी घट्दा घाटा बढेको हो। कम्पनीको अन्य आम्दानी ९७ करोड ९६ लाख रुपैयाँ रहेको छ।

२१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको रिटेन्ड अर्निङमा १२ अर्ब १८ करोड रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ९.७६ रुपैयाँ ऋणनात्मक र प्रतिसेयर नेटवर्थ ४६.७९ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स