अध्यक्ष ढकाल भन्छन्, “निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३० गते
अध्यक्ष ढकाल भन्छन्, “निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छ”

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत स्थायित्वको आवश्यकता औंल्याउँदै, निजी क्षेत्रलाई निर्वाध रुपमा सञ्चालन गर्नका लागि यसलाई अनिवार्य रहेको बताएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरूसँगको भेटमा ढकालले, नेपाली अर्थतन्त्रको संरचना र सामाजिक प्रणालीलाई बुझेर नीतिगत सुझाव दिन कोषलाई आग्रह गरे।

ढकालले भने, “नेपाली अर्थतन्त्रको संरचना र चरित्र अन्य देशभन्दा फरक छ, त्यसैले यदि नीतिहरू सोहीअनुसार निर्माण गरिएनन् भने सुधारमा ढिलाइ हुनेछ।” उनले हाल नेपालमा बैंकिङ प्रणालीमा उच्च तरलता रहेको र ब्याजदर घटेको भए तापनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको जानकारी गराए। महासंघले बैंकहरूलाई ऋण प्रवाहमा लचिलो बनाउन आग्रह गरेको पनि उनले उल्लेख गर्दै अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा नकारात्मक प्रभाव पार्न सक्ने बताएका छन्।

ढकालले सरकारको नयाँ पुस्ताका सुधारहरूले निजी क्षेत्रलाई समाधानका उपाय प्रदान गर्न सक्ने विश्वास व्यक्त गरे। उनले पछिल्लो लगानी सम्मेलनका क्रममा आठ कानुनमा संशोधन भएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउँदै, उच्च विदेशी विनिमय सञ्चिति र सकारात्मक भुक्तानी सन्तुलनको अवस्थाका बाबजुद विदेशी लगानी आकर्षित हुन नसकेको बताए। यस अवस्थामा कोषले नेपालको प्रवर्द्धनमा सहयोग गर्नुपर्ने उनको आग्रह थियो।

भेटका क्रममा कोषका मिसन प्रमुख सरवत जाहाँले नेपाललाई सहयोग गर्न कोष सधैँ सकारात्मक रहेको बताउँदै, निजी क्षेत्रलाई महत्व दिनुपर्ने विषयमा कोषको पनि सकारात्मक दृष्टिकोण रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स