के आधारमा ‘मुक्तिनाथ विकास बैंक’ विकास बैंकहरु मध्यको अब्बल ?



Advertisement
Ads

‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने सिद्धान्त अनुशरण गर्ने मुक्तिनाथ विकास बैंक यतिबेला आफूलाई विकास बैंकहरु मध्यको अब्बल बैंकको रुपमा स्थापित गरेको छ।                                                                                                                                                  

२०६३ साल पुस १९ गते स्थापना भएको मुक्तिनाथ विकास बैंकको १७८ शाखाहरू र २२ वटा एटिएम सञ्चालनमा  रहेका छन। हरेक बर्ष नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको (राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार) पुरस्कारबाट मुक्तिनाथ बैंकले आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ र २०७८/०७९ गरि लगातार चौथो पटक पुरस्कृत भएको छ। 


Advertisement

खराब कर्जाको कारणले पछिल्लो समय नाफामा प्रभाव पर्दा विकास बैंकहरु संघर्षत छन। यसबीच मुक्तिनाथ विकास बैंक अन्य विकास बैंकको तुलनामा बलियो देखिन्छ। बैंकहरुले हालसालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार संचालनमा रहेकाे १६ विकास बैंकहरु मध्ये चुक्ता पूँजी, रिजर्भ, निक्षेप, सञ्चालन नाफा, खुद नाफा, खराब कर्जा लगायतका सूचकमा  मुक्तिनाथ विकास बैंक अरु भन्दा अब्बल छ। 

हामीले यो लेखमा मुक्तिनाथ विकास बैंकको विभिन्न वित्तीय सूचकहरुलाई प्रस्तुत गरेका छौ। 

 

संचालन नाफा:

गत वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण को तुलनामा यस वर्ष सोही अवधिमा मुक्तिनाथ विकास बैंकको संचालन नाफा ९.४७ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको संचालन नाफा १ अर्ब २६ करोड २४ लाख रुपैयाँ पुगेको छ। 

 

वितरणयोग्य मुनाफा:

बैंकको चालु आर्थिक वर्षको वितरणयोग्य नाफा गत वर्षको तेस्रो त्रैमासिकको तुलनामा बढेको छ। गत वर्षको तेश्रो त्रैमासिक सम्ममा बैंकको वितरणयोग्य नाफा नकारात्मक रहेको थियो जसमा अहिले सुधार देखिएको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्मा बैंकको वितरण योग्य मुनाफा १ करोड २ लाख रुपैयाँ रहेको छ । 

खुद नाफा:

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्ममा बैंकले ८७ करोड १८ लाख २४ हजार खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकले ८० करोड ६२ लाख  खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक सम्ममा बैंकको खुद नाफा ८.१३ प्रतिशतले बढेको छ।  

 

निक्षेप:

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्ममा बैंकको निक्षेप संकलन गत वर्षको सोही अवधि भन्दा १.५९ प्रतिशतले घटेको छ। गत वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको निक्षेपमा १ खर्ब १२ अर्ब १८ करोड रुपैयाँ रहेको थियो जुन चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा घटेर १ खर्ब १० अर्ब ४० करोड रुपैयाँमा आएको छ। 

बैंकको निक्षेप संकलन पछिल्लो ५ वर्षको अवधिलाई हेर्दा अघिल्ला ४ वर्षमा तेश्रो त्रैमासिक सम्ममा बढ्दो थिए भने यसपटक घटेको देखिन्छ।

 

 

रिर्जभ एण्ड सर्प्लस:

बैंकले हरेक वर्ष आफ्नो जगेडा कोषको आकार बढाउँदै लागेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्ममा बैंकको रिजर्भमा ३ अर्ब ६ करोड रुपैयाँ छ। गत वर्षको तेस्रो त्रैमासिकको चालू आर्थिक सोही अवधिमा रिजर्भको आकार २७.३० प्रतिशत वृद्धि भएको छ। 

निस्क्रिय कर्जा अनुपात:

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा बैंकको निष्क्रियको कर्जा बढेको छ। गत वर्षको तेस्रो त्रैमासिक सम्मा बैंकको निस्क्रिय कर्जा १.९९ प्रतिशत थियो जुन अहिले बढेर २.०२ प्रतिशत पुगेको छ । सञ्चालन रहेका अन्य विकास बैंक हरुमध्ये चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार सबैभन्दा थोरै निस्क्रिय कर्जा मुक्तिनाथ विकास बैंकको छ। 

प्रति सेयर आम्दानी:

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्ममा बैंकको प्रतिसेयर आम्दानीमा सामान्य गिरावट देखिएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासिक सम्ममा बैंक प्रतिसेयर आम्दानी १६.७४ रूपयाँ थियो जुन अहिले ०.२४ रुपैयाँले घटेर चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १६.५० रुपयाँमा कायम भएको छ।  

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर