माइतीघरमा संसद पुनर्स्थापनाको माग गर्दै युवाहरुको प्रदर्शन

माइतीघरमा संसद पुनर्स्थापनाको माग गर्दै युवाहरुको प्रदर्शन

संसद पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा युवाहरुको प्रदर्शन भएको छ। असंवैधानिक रूपमा विघटित संसदलाई वैधानिक तवरबाट पुनःस्थापना गर्नुपर्ने माग गर्दै नागरिक युवा समाजमा आवद्ध युवाहरुले मंगलबार माइतिघरमा प्रदर्शन गरेका थिए।

प्रदर्शनमा सहभागी युवाहरुले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा संविधानको रक्षा हुने आदेश आउनुपर्नेमा विश्वास व्यक्त गरे। उनीहरुले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने र संसदलाई वैधानिक तवरबाट पुनःस्थापना गर्नुपर्ने आफ्नो मुख्य माग सार्वजनिक गरे।

युवाहरुले संविधान बचाउ, संसद फर्काउ, लुटिएको संसद फिर्ता गर, विघटित संसद पुनःस्थापना गर लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स