पठाओबाटै अब हेलिकोप्टर बुक गर्न सकिने भएको छ। राइड सेयरिङ सेवाबाट सुरु भएको पठाओ नेपालले आफ्नो सेवा विस्तार गर्दै मोबाइल एपमार्फत हेलिकोप्टर बुकिङ सुविधा ‘पठाओ हेली’ सुरु गरेको हो।
मोबिलिटी प्लेटफर्म पठाओ नेपालले सिम्रिक एयरसँगको सहकार्यमा उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ। अब प्रयोगकर्ताले पठाओ एप वा पठाओ हेलीको आधिकारिक वेबसाइटमार्फत सहज रूपमा हेलिकोप्टर बुक गर्न सक्नेछन्।
कम्पनीका अनुसार मुक्तिनाथ, गोसाइकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविरलगायत प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि हेलिकोप्टर सेवा उपलब्ध हुनेछ। एक पटकमा चारदेखि पाँच जना यात्रु बस्न सक्ने हेलिकोप्टरमार्फत तीर्थयात्रा, पारिवारिक भ्रमण, नवविवाहित दम्पतीको यात्रा तथा साथीभाइसँग मिलेर छोटो समयमा घुमघाम गर्ने यात्रुहरूलाई लक्षित गरिएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया