नेपाली कम्युनिस्ट पार्टी (माओवादी) को युवा संगठन वाइसीयलले भदौ २३ मा भएको जेनजी आन्दोलनमा आफूहरू अप्रत्यक्ष रूपमा सहभागी भएको घोषणा गरेको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वाइसीयलका अध्यक्ष पुष्प ओलीले असली जेनजीहरूको मागप्रति संगठनको समर्थन रहेको बताए।
ओलिले दावी गरे, “२३ गते विद्यार्थीमाथि तात्तात्तै गोली चलाएको छ र सरकारबाट दमन भएको छ यसको निष्पक्ष छानबिन हुनुपर्छ।” उनले थपे कि २४ गते विहान १२ बजेदेखि जेनजी आन्दोलन हाइज्याक भएको र हाइज्याकबारे पनि अनुसन्धान गरी कारबाही गर्नुपर्ने आवश्यकता छ।
आन्दोलनपछि वाइसीयलले स्वयमसेवीको रूपमा सहयोग गर्ने उद्देश्यले संलग्नता जनाउँदा पनि घुसपैठ र प्रहरी प्रशासनको दुरुपयोगबाट दमनको प्रयास भइरहेको उल्लेख गरिएको छ। ओलीले चेतावनी दिंदै भने, “हामी विरुद्ध कुनै गोप्य षड्यन्त्र रचिएमा हामी त्यसको भण्डाफोर र प्रतिवाद गर्न तयार छौँ। हामी उपत्यकामा दस हजारभन्दा बढी फोर्स तयार गरेका छौँ र आक्रमण गर्नेहरूलाई युवा–विद्यार्थी मिलेर प्रतिवाद गर्नेछौँ।”















प्रतिकृया