सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको वैधातामाथि उठेको प्रश्नबारे दायर भएको रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको छ ।न्यायाधीश तीलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रधानमन्त्रीलाई समर्थन प्राप्त भएका कागजातहरू झिकाउन आदेश दिँदै अग्राधिकारसहित पूर्ण इजलासमा सुनुवाइ गर्ने निर्णय गरेको हो ।
अधिवक्ता वीरेन्द्र केसीले नेकपा (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्नेमा लिन नसकेकाले सरकार स्वतः वैधानिकता गुमेको दाबी गर्दै रिट दायर गरेका थिए । रिट निवेदक पक्षबाट अधिवक्ता यज्ञमणि न्यौपानेले मंगलबार बहस गरेका थिए ।



















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)
प्रतिकृया