विश्वप्रसिद्ध अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज ‘वर्ल्ड अफ डान्स’ को दोस्रो संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका जुरी, पुरस्कार राशि र अडिसन तालिका सार्वजनिक गरिएको हो।
यस संस्करणमा डिजिटल वालेट सिटीपे मार्फत सहभागिता कन्फर्म गर्नुपर्ने व्यवस्था गरिएको छ। सिटीपे एपमार्फत केवाईसी भेरिफिकेसन गरी इभेन्ट सेक्सनमा आवेदन दिन सकिनेछ भने ग्राण्ड फिनालेको टिकट पनि सोही माध्यमबाट बुक गर्न मिल्नेछ।
यस सिजनका मुख्य आकर्षणका रूपमा बलिउड कोरियोग्राफर टेरेन्स लुइस ‘सेलिब्रेटी ग्रान्ड जज’ रहनेछन्। निर्णायक मण्डलमा किरण थापा र जेडी तमु पनि सहभागी हुनेछन्।
प्रतियोगिता अपर, जुनियर, अपर टिम र जुनियर टिम गरी चार डिभिजनमा सञ्चालन हुनेछ। प्रत्येक विजेताले १ लाख रुपैयाँ, २४ क्यारेट सुनको जलप भएको ट्रफी र अन्य उपहार पाउनेछन्।
नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौँ र इटहरीमा अडिसन हुनेछ। सेमिफाइनल २१ जेठ र ग्राण्ड फिनाले २३ जेठमा आयोजना गरिनेछ। विजेताहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउने अवसर पाउनेछन्।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया