आज नेप्से परिसूचक ५.१० अङ्कले बढेर २५८१.६० मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये एउटा उपसमूह घटेको छ भने बाकी उपसमूह बढेको छ । दिनभर ३ अर्ब ५९ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनएरएनको भएको छ। यस दिन ३०५ कम्पनीको ९४ लाख ३४ हजार सेयर कारोबार भएको छ।
नेप्से ५.१० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ५.१० अङ्कले बढ्दा १५८ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: त्रिशुली जलबिद्युत, आत्मनिर्भर लघुवित्त, सुपर मादी हाइड्रोपावर, कर्पोरेट बैंक,र जोशी हाइड्रोपावर रहेको छ।

नेप्से ५.१० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ५.१० अङ्कले बढ्दा ८८ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: सपोर्ट माइक्रो फाइनान्स, नादिप लघुवित्त, प्रभु बैंक, सिवाईसी लघुवित्त, महुली लघुवित्त रहेको छ।


प्रतिकृया