विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि निष्काशन गरेको एफपीओमा आवेदन दिने भोलि चैत २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्काशन गरेको हो।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले केयर एनपी सिंगल बी इस्यूअर रेटिङ्ग दिएको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। भोलि चैत २६ गते बेलुका ५ बजेसम्म आवेदन दिएका मध्ये १०-१० कित्ताका दरले कम्पनीको सेयरबाँडफाँट गर्दा कुल ५ हजार १२९ आवेदकले मात्र कम्पनीको सेयर प्राप्त गर्न सक्नेछन्।














प्रतिकृया