Advertisement Ads

सिरहा–३ का जसपा नेपालका उम्मेदवार यादव किन परे पक्राउ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २० गते
सिरहा–३ का जसपा नेपालका उम्मेदवार यादव किन परे पक्राउ ?

गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्।

 प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परिएका हुन्। प्रहरीका अनुसार, नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो। जाँचका क्रममा गाडीबाट रु ४,८७,००० नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन्।

नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको छ। यादव तत्कालीन सङ्घीय समाजवादी फोरमबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स