पहिलो त्रैमासमा किन घट्यो आरएसडिसी लघुवित्तको नाफा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १७ गते
पहिलो त्रैमासमा किन घट्यो आरएसडिसी लघुवित्तको नाफा ?
Advertisement Ads

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा १९.२ प्रतिशतले घटेर २ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा गिरावट आएको कारण नाफा घटेको हो।

पहिलो त्रैमासमा आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानी ३० प्रतिशतले घटेर ४ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ६ करोड ४० लाख रुपैयाँ थियो। संस्थाको कुल सञ्चालन आम्दानी पनि ३०.६३ प्रतिशतले घटेर ४ करोड ६९ लाख रुपैयाँमा आएको छ।

यस अवधिमा संस्थाले ४२ लाख ८७ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्याएको छ। जुन अघिल्लो वर्ष १७ लाख ७१ हजार थियो। संस्थाको खराब कर्जा अनुपात २.५७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशतमा पुगेको छ।

समीक्षा अवधिमा आरएसडिसी लघुवित्तले वितरणयोग्य मुनाफा ९ करोड ९३ लाख रुपैयाँ रहेको छ। यस्तै, नाफाका आधारमा वार्षिक लाभांश क्षमता करिब ६.१७ प्रतिशत रहेको बैंकले जनाएको छ।

लघुवित्तको रिटेन्ड अर्निङ ८ करोड ३४ लाखबाट बढेर ९ करोड ९३ लाख पुगेको छ भने रिजर्भ १८ करोड ३१ लाखबाट बढेर १९ करोड ६ लाख रुपैयाँमा पुगेको छ।

आरएसडिसी लघुवित्तको प्रतिसेयर आम्दानी २.८८ रुपैयाँले घटेर ८.१७ रुपैयाँमा समित भएको छ भने, प्रतिसेयर नेटवर्थ १२८.०४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६३९.०४ रुपैयाँ, पीई रेसियो ७३.०६ गुणा र तरलता अनुपात १७.६२ प्रतिशत रहेको छ।

RSDC 1 https://bajarkochirfar.com/why-did-rsdc-microfinances-profit-decline-in-the-first-quarter | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स