कुमारी बैंक लिमिटेडले १,३२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यी सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउनेछन्।
बैंकले सेयरधनीहरूलाई आवेदनका लागि ३५ दिनको समय दिइएको छ। इच्छुक सेयरधनीहरूले नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन्। सेयरको मूल्य सेयर बिक्रेताले तोके अनुसार हुनेछ।
तोकिएको अवधिभित्र आवेदन नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।












![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)
![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)







प्रतिकृया