दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १० गते
दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
AdvertisementAds

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेका छन्।

सांग्रिला बैंकले कुल १ लाख २९ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। तीमध्ये १ लाख १५ हजार ५१८ कित्ता सेयरमा बैंककै अन्य विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। बाँकी १४ हजार ३१२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको छ।

सेयर खरीदका लागि संस्थापक सेयरधनीलाई ३५ दिन र सर्वसाधारणलाई १५ दिनको समय दिइएको छ। इच्छुकले काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

उता, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीका अनुसार यी सेयर कुनै एकजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेका हुन्, तर नाम खुलाइएको छैन।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार बिक्री प्रक्रिया प्रारम्भमा संस्थाभित्रकै अन्य विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिइनेछ। यसअनुसार इच्छुक सेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।

AdvertisementAds

यदि तोकिएको समयभित्र सम्पूर्ण सेयर बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणका लागि खुला गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स