बीबीसीले सन् २०२४ का लागि संसारभरिबाट १०० प्रभावशाली र प्रेरक महिलाको सूची सार्वजनिक गरेको छ, जसमा नेपालबाट दिगो विकास उद्यमी शिलशिला आचार्यको नाम पनि समावेश गरिएको छ।
यस सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, बलात्कार पीडिता र अभियानकर्मी जीजेल पेलिको, कलाकार श्यारोन स्टोन, ओलिम्पिक खेलाडी रेबेका एन्ड्राडे र एलिशन फिलिक्स, गायिका रे, भिजूअल आर्टिस्ट ट्रेसी एमिन, वातावरणीय अभियानकर्मी एडेनिके ओलाडोसु, र लेखिका क्रिस्टिना रिभेरा गार्जा जस्ता चर्चित नामहरू पनि छन्।
बीबीसी १०० विमिनले यस वर्ष महिलाहरूले भोग्नुपरेका कठिनाइहरू र ती महिलाहरूको सहनशीलता र नेतृत्वलाई मान्यता दिएका छन् जसले आफूहरूको समुदाय र वरपरको संसारलाई परिवर्तन गर्न योगदान पुर्याएका छन्। यस सूचीमा जलवायु सङ्कट र त्यसको प्रभावका बारेमा सोधखोज गर्दै, जलवायु अभियानकर्मीहरूको कसमेट कामलाई पनि प्रमुखतासाथ उजागर गरिएको छ।
को हुन् शिलशिला आचार्य?
शिलशिला आचार्य नेपालमा प्लास्टिक पुनः प्रयोगसँग सम्बन्धित ठूलो सञ्जाल चलाउँछिन्। उनले संस्थान “अभ्नी भेन्चर्स” मार्फत फोहर व्यवस्थापनमा काम गर्दै सीमान्तकृत समुदायका सदस्यलाई रोजगारी दिनुका साथै हरित क्षेत्रको प्रवर्द्धनमा महिलाहरूको सहभागिता बढाउने प्रयास गर्दै छन्।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया