डाँडामा गुराँस फुल्ने बेला मन्त्रीका खेतमा ‘पहेंलपुर तोरी’ फुलेछ: गोकुल बाँस्कोटा

डाँडामा गुराँस फुल्ने बेला मन्त्रीका खेतमा ‘पहेंलपुर तोरी’ फुलेछ: गोकुल बाँस्कोटा

नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले पछिल्लो समय सार्वजनिक भएको मन्त्रीहरूको सम्पत्ति विवरणप्रति कटाक्ष गर्दै देशको अवस्थाबारे टिप्पणी गरेका छन्। उनले देश ‘लंका’ जस्तै बनिसकेको उल्लेख गर्दै सामाजिक सञ्जालमा व्यंग्यात्मक प्रतिक्रिया दिएका हुन्।

प्रधानमन्त्री र मन्त्रीहरूले सुनका गरगहनासहितको सम्पत्ति विवरण सार्वजनिक गरेपछि बाँस्कोटाले गुराँस फुल्ने मौसममा मन्त्रीहरूको खेतबारीमा भने ‘पहेंलपुर तोरी फुलेको’ भन्दै व्यंग्य गरेका छन्। “आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो भयो। देश लंका बनिसकेछ। डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पहेंलपुर तोरी फुलेछ,” उनले लेखेका छन्।

उनले यसलाई समृद्धि आएको संकेतका रूपमा व्याख्या गर्दै सुशासन पनि यहीँबाट सुरु हुने भन्दै कटाक्ष गरेका छन्। साथै, “जहाँ कंगाल त्यहीँ चाण्डाल” भन्ने उखान अब हटेको भन्दै उनले व्यंग्यात्मक शैलीमै टिप्पणी गरेका छन्।

Screenshot 2026 04 13 133923 https://bajarkochirfar.com/while-the-gurans-are-blooming-on-the-hills-pahenpur-mustard-is-blooming-in-the-ministers-field-gokul-baskota | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स