४३५ रुपैयाँमै सर्वसाधारणका लागि स्वावलम्बन लघुवित्तको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २४ गते
४३५ रुपैयाँमै सर्वसाधारणका लागि स्वावलम्बन लघुवित्तको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले उक्त सेयर विद्यमान संस्थापक सेयरधनीसँगै सर्वसाधारणले पनि खरीद गर्न पाउने गरी बिक्री खुला गरेको हो, तर विद्यमान संस्थापकलाई प्राथमिकता दिइने बताइएको छ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ तोकिएको छ। इच्छुक व्यक्तिले कम्तीमा १ हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

शिलबन्दी बोलपत्र असार २४ गतेदेखि ३० गतेसम्म पेश गर्न सकिनेछ। आवेदन फारम तथा थप जानकारी काठमाडौंको लाजिम्पाटस्थित एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा उपलब्ध हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स