सर्वसाधारणका लागि नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २६ गते
सर्वसाधारणका लागि नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आठ जना संस्थापक सेयरधनीहरूको नाममा रहेका कुल ७० हजार १५९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

पहिले कम्पनीले यी सेयरहरू अन्य विद्यमान संस्थापक सेयरधनीहरूलाई बिक्री गर्न प्रयास गरेको थियो। तर, तोकिएको समयभित्र खरीद नभएपछि अब सर्वसाधारणका लागि समेत बिक्री खुला गरिएको हो।

सेयर खरीद गर्न इच्छुक व्यक्ति वा संस्थाले अबको १५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–१० मा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स