नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले बीमा प्राधिकरणको निर्देशनअनुसार हाल ती सेयर केवल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको छ।
इच्छुक सेयरधनीहरूले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौं, लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।
सेयरको मूल्य प्रचलित नियमानुसार निर्धारित मूल्यभन्दा कम नहुने कम्पनीले स्पष्ट पारेको छ। यदि तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट आवेदन नआए, बाँकी सेयर सर्वसाधारणलाई बिक्रीको प्रक्रिया अघि बढाइनेछ।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया