गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले २०८२ वैशाख ५ गते विशेष साधारण सभा आह्वान गरेको छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २८ गते बुक क्लोज गर्ने निर्णय गरिसकेको छ , जसअनुसार चैत २७ गतेसम्म कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।
विशेष सभाबाट प्रस्ताव पारित भई नियामक निकायहरूको स्वीकृति प्राप्त भएपछि मात्र हकप्रद सेयर जारी गरिनेछ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले हालै मात्र आईपीओ बिक्री गरी आफ्नो चुक्ता पूँजी ७५ करोड रुपैयाँ पुर्याएको छ। प्रस्तावित हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।








![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)





प्रतिकृया