हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले १७ औँ वार्षिक साधारण सभा भदौ २५ गतेको स्थगित साधारण सभा भदौ ३१ गते आम्रपाली ब्याङ्क्वेट, काठमाडौँमा बिहान १० बजे आयोजना गर्ने भएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, समूह क का सेयरधनीतर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ १३ गते एक दिनका लागि बुकक्लोज गरिसकेको छ। यस अनुसार भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
















प्रतिकृया