सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा चैत १५ गते बस्ने भएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव पारित गर्नेछ।
साथै,कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।



















प्रतिकृया