एसवाई प्यानल नेपालको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा, कहिलेबाट कारोबारमा आउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १८ गते
एसवाई प्यानल नेपालको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा, कहिलेबाट कारोबारमा आउने ?
AdvertisementAds

एसवाई प्यानल नेपाल लिमिटेडले निष्काशन गरेको सेयर डिम्याट खातामा आएको छ। आईपीओमा आवेदन दिनेहरुको खातामा बुधबार साँझ सेयर जम्मा भएको हो।

अब यी सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुनेछन् र सूचीकृत भएको भोलिपल्टदेखि नै सेयर कारोबार गर्न सकिने छ। कम्पनीका सेयर SYPNL सिम्बलबाट कारोबार हुनेछन्।

कम्पनीले कार्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि ४० लाख ७६ हजार १ सय ५६ कित्ता सेयर निष्काशन गरेको थियो, जसमा ४ लाख ७ हजार ६ सय १५ जनाले सेयर पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स