भर्खरै आईपीओ निष्काशन गरेको एसवाई प्यानल नेपाल लिमिटेडले चौथौं वार्षिक साधारण सभा पुस ३० गते बोलाएको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले चितवनको होटल स्टारमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो। यस पटक कम्पनीले कुनै लाभांश प्रस्ताव गरेको छैन।
साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, सञ्चालक बैठक भत्ता तथा अन्य भत्ता अनुमोदन, र सञ्चालक निर्वाचनको कार्यक्रम समेत तय गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, पुस १७ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया