एसवाई प्यानल नेपाल लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको सेयरको ६ महिनाको लक-इन अवधि समाप्त हुने जानकारी दिएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार २०८२ कार्तिक ३० मा बाँडफाँड भएको उक्त सेयरको लक-इन अवधि २०८३ वैशाख २९ गतेसम्म तोकिएको थियो।
उक्त अवधि सकिएसँगै कुल २ लाख ४८ हजार ५४६ कित्ता सेयर आगामी वैशाख ३० गतेदेखि कारोबारका लागि योग्य हुनेछन्। कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।


प्रतिकृया