नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट मिति तय भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आइपीओ फागुन २३ गते शुक्रबार बाँडफाँट हुनेछ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७ आवेदकले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए। तर, लॉटरी प्रणालीअनुसार मात्र १ लाख ८४ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्, जबकि बाँकी १७ लाख १७ हजार आवेदकको हात खाली हुनेछ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको थियो।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया