एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ बराबर ०.४२ को अनुपातमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ। यसबाट कम्पनीले कुल १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य लिएको छ।
यस हकप्रद सेयरको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो, जसअनुसार जेठ १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन १३ गते तोकिएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल ए माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको संकेत गर्छ।
हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयहरू (बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खुर्देत, धनगढी, महेन्द्रनगर र बुटवल) तथा एशियन लाइफको कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन पनि सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ भने हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात यो पूँजी बढेर ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया