instainsta

भारत र पाकिस्तानबीच हात हालाहाल भइरहँदा हामीले संवाद गर्यौं, झडप टर्यो: प्रधानमन्त्री ओली

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २९ गते
भारत र पाकिस्तानबीच हात हालाहाल भइरहँदा हामीले संवाद गर्यौं, झडप टर्यो: प्रधानमन्त्री ओली
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारत र पाकिस्तानबीच भएको झडप विस्तार हुन नपाएकोमा नेपालले खेलेको भूमिकाको संकेत गरेका छन्। लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा बोल्दै उनले दुवै देशलाई संयम अपनाएकोमा धन्यवाद दिएका हुन्।

“झन्डै केही दिनअघि हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो, तर त्यसले लडाइँको रूप लिन पाएन,” प्रधानमन्त्री ओलीले भने, “हामीले सुरुदेखि नै त्यो स्थिति लडाइँमा नजाओस् भन्ने चाहना राख्यौँ, उहाँहरूसँग संवाद पनि गर्‍यौँ। उहाँहरूले लडाइँमा नजाने प्रतिबद्धता जनाउनुभयो।”

ओलीले अहिले पनि केही आरोप–प्रत्यारोप चलिरहेको बताए पनि स्थिति नियन्त्रणमा रहेको संकेत गरे। साथै, उनले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको शान्तिको सन्देश विश्वभर फैलाउनु आवश्यक रहेकोमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स