नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ४०.५७ प्रतिशतले घटेर २० करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।
🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट
पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३३.६९ प्रतिशतले घटेर ३७ करोड ३० लाख रुपैयाँमा सिमित भएको छ। यस्तै, कुल सञ्चालन आम्दानी ३३.०४ प्रतिशतले घटेर ३८ करोड ५८ लाख रुपैयाँमा सिमित भएको छ भने सञ्चालन मुनाफा ४०.४९ प्रतिशतले घटेर २९ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा बैंकले ७ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १८ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
निफ्रा बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी २ रुपैय ६४ पैसाले घटेर ३ रुपैयाँ ८६ पैसामा सीमित भएको छ। यस्तै, प्रतिशेयर नेटवर्थ ११९.९७ रुपैयाँ र मूल्य–आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ।


प्रतिकृया