भारतीय मूलका जगदीप सिंह विश्वकै सबैभन्दा बढी तलब पाउने कर्मचारी बनेका छन्। मनी कन्ट्रोलका अनुसार, क्वान्टमस्केपका पूर्वसंस्थापक तथा सीईओ सिंहले एक वर्षमा २.३ अर्ब अमेरिकी डलर अर्थात् दैनिक ६४ करोड रुपैयाँ तलब पाएका छन्।
कम्पनीले उनलाई वार्षिक २.१ अर्ब अमेरिकी डलरको आर्थिक सुविधा दिने प्याकेज स्वीकृत गरेको थियो। सन् २०२५ सम्म आइपुग्दा सिंहको अनुमानित सम्पत्ति ५६ मिलियन डलर पुगेको छ। उनीसँग क्वान्टमस्केपको ९१ लाख ३७ हजार ६०३ कित्ता सेयर रहेको छ।
साथै, सिंह इन्फिनेरा कर्पोरेशनका कार्यकारी अध्यक्षसमेत हुन् र उनका नाममा यस कम्पनीको १ लाख ९१ हजार २४८ कित्ता सेयर रहेको छ, जसको मूल्य १ मिलियन डलरभन्दा बढी छ। विद्युतीय गाडीको बढ्दो मागसँगै ब्याट्री प्रविधिमा विशेषज्ञता राख्ने क्वान्टमस्केपको विकासमा सिंहको योगदान उल्लेखनीय मानिएको छ। स्ट्यानफोर्ड विश्वविद्यालयबाट बीटेक र क्यालिफोर्निया विश्वविद्यालय बर्कलेबाट एमबीए गरेका सिंहले कम्पनी सुरु गर्नुअघि एक दशकभन्दा बढी समय विभिन्न संस्थामा काम समेत गरेका थिए।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया